केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं टुँडिखेलमा गणतन्त्र दिवसको रौनक

सहयात्रा टिभी

काठमाडौं । सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी दशौं गणतन्त्र दिवस भव्यताकासाथ मनाएको छ । गणतन्त्र दिवस मुल समारोह आयोजक समितिद्वारा आयोजित समारोहमा राष्ट्रपति बिद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारी उपस्थित हुनुहुन्थ्यो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो । गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय सहमतिका आधारमा थप जिम्मेवार र संकल्पवद्ध भएर अघि बढन प्रेरणा दिएको उहाँले बताउनुभयो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १० वर्ष पूरा भएको छ । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । समारोहमा सैन्य परेडसंगै बिभिन्न लोक र परम्परागत झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्