केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट ४६१ तहमा निर्वाचन अधिकृतको कार्यालय संचालन

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि आजबाट ४ सय ६१ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको छ । दोस्रो चरणमा निर्वाचन सम्पन्न गराउन आयोगले बाँकी जिल्लामा कार्यालय संचालनमा ल्याएको हो । आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृत पनि खटाइसकेको छ । कार्यालय स्थापनापछि अब भोलिदेखि नै निर्वाचनका लागि प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ । दोस्रो चरणमा चुनाव हुने स्थानीय तहमा जेठ १९ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्