केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेको धम्कीपछि अन्ततः महाअभियोग प्रस्ताव फिर्ता

सहयात्रा टिभी

काठमाडौं । प्रमुख विपक्षी एमालेले बजेट रोक्ने चेतावनी दिएपछि सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् । प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले संसद सचिवालयमा प्रस्ताव फिर्ताको निवेदन दिएका छन् । महाअभियोग फिर्ता भएपछि मात्रै अर्थमन्त्री कृष्णबहादुर महराले बजेट बक्तव्य प्रस्तुत गरेका हुन । दुई दिनअघि नै महाअभियोग फिर्ता लिने सहमति भए पनि सत्तारुढ दलले स्थगनमात्रै गर्न पत्र लेखेपछि विपक्षी एमाले आक्रोसित भएको थियो ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्