केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतपत्र च्यातिएको घटनाको बिरोधमा आजपनि एमालेको प्रदर्शन

सहयात्रा टिभी

चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको विरोधमा आजपनि प्रदर्शन गरेको छ । आज बिहान नारायणगढ बजारको पुल्चोकबाट सुरु गरेको बिरोध प्रर्दशन मतगणनास्थल अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । ठूलो संख्यामा रहेका एमाले कार्यकर्ताहरुले चर्का नाराबाजी सहित प्रर्दशन गरेका हुन । कोण सभालाई संम्बोधन गर्दे सांसद तथा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले घटनाको विरोध गर्दै जनताको मताधिकारको दुरुपयोग भएको आरोप लगाउनु भयो । जनमतको मताधिकार कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने उहाँले बताउनु भयो । मतगणना सुरु नभएसम्म मतगणना स्थल अगाडी धर्ना दिने एमाले चितबनले जनाएको छ । मतपत्र च्यातिएपछि अनिश्चित बनेको चितबन भरतपुरको मतगणना एमालेले तत्काल सुरु गर्न माग गरेको छ भने कांग्रेस–माओवादीले पुनः मतदान गर्नु पर्नेमा जोड दिएका छन । मतपत्र च्यातेको आरोपमा भरतपुरको कभर्ड हलबाट माओवादी केन्द्रका प्रतिनिधिहरू मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्