केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झुक्याएर बीर्य दिइ ६० जनाको पीता भए यी डाक्टर

सहयात्रा टिभी

बिबिसि  । जब म युवा थिए, तब एकदिन एउटा डाक्टरको फोटो देखेर थरथरी काँपे । ३० बर्षीया नेदरल्याण्ड्सका जोए हुडम्यानले एक टेलिभिजन कार्यक्रममा भने, ‘मेरो दिमागले कामै गर्न छोड्यो, चक्कर आउन थाल्यो, स्तब्ध भए, चक्कर आएर म ढले पनि । ’
हुडम्यानले जो फोटो देखेका थिए त्यो जेन कारबाटको थियो । कारवाट एक डाक्टर थिए । उनको केही हप्ता पहिलो निधन भएको थियो र उनीमाथि गर्भाधान उपचारका दौरान आफनो शुक्राणु दिएको आरोप लागेको थियो ।
अहिलेसम्म १८ जनाले डिएनए टेष्ट गराएका छन र सबैको टेष्टको नतीजा ती डाक्टरका सन्तानसंग दुरुस्त मेल खाएको छ ।
कारबाट रोटरडमस्थित एक फर्टिलिर्टि ट्रिटमेन्ट क्लिनिकका प्रमुख थिए । १९८० देखि २००९ का दौरान उनीसंग हजारौं महिलाले उपचारका लागि भेट गरे । ती मध्ये २५ जना महिलाले कारबाटले उपचारका लागि आफनो शुक्राणु प्रयोग गरे वा कुनै दाताको शुक्राणुबाट गरे भन्ने विषयमा स्पष्ट हुन खोजे । यसका लागि उनीहरुले मुद्दा समेत दायर गरे । जुरिड अस्पताल प्रशासनले पनि यो विषयमा जाँच अनुसन्धान सुरु गरेको जनाएको छ ।
कारवाटको ८९ बर्षको उमेरमा यही बर्ष गत अप्रिलमा निधन भएको थियो । कारबाटले आफनो डीएनएको नमूना नलिन भनेकाले अस्पताल प्रशासनलाइ अनुसन्धानमा समस्या हुने देखिएको छ ।
डाक्टर कारबाटसंग आफनो अनुहार दुरुस्त मिलेपछि हूडम्यानले टेलिभिजन इन्टरभ्यूमा कारबाट आफना पीता हुन वा होइनन भन्ने दावीका साथ भन्न नसक्ने बताए । उनले भने, ‘उनी मेरा पीता पनि हुन सक्छन, यसकालागि डीएनएको नतिजा पर्खिनुपर्ने हुन्छ । यो निकै महत्वपूर्ण विषय हो, यसकारण मामिला अदालतमा छ ।’
ह्ूडम्यान जस्तै ३६ बर्षीय मोनिएक वासेनारलाइ पनि कुनै शंका छैन । डाक्टरले खुद आफैले यो विषयमा आफूलाइ भनेकाले कुनै शंका नभएको वासेनले प्रेसलाइ बताए । वासेनरले जब २०११ मा डाक्टरलाइ भेटे त्यतिबेला डाक्टरले उनलाइ आफनो हात देखाउने भने । त्यसपछि डाक्टरले भने,‘ हुनसक्छ कि मेरा तमामौ छोरीहरु मध्ये तिमी पनि एक हौ । ’ यी महिलाका अनुसार डाक्टरले उपचारकाक्रममा दाताहरुको शुक्राणु नभइ आफनो बिर्यको उपयोग गर्दथे । वासेनारका अनुसार ती डाक्टर मानविय सहायताका लागि आफनो शुक्राणु प्रयोग गर्दथे । हालसम्म कम्तिमा उनका ६० बच्चा रहेको वासेनारले बताइन । धेरैजसो महिला पढेलेखेको व्यक्तिको बिर्यको खोजिमा रहने डाक्टरलाइ उदृत गर्दै ती महिलाले बताइन ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्