केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार ९ को चुनाव पनि सर्ने संकेत, प्रधानमन्त्री परामर्शमा

सहयात्रा टिभी

काठमाडौं । सरकारले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तह निर्वाचन सारेर असार ९ गते गर्ने निर्णय गरेपनि पुनः निर्वाचन सर्ने संकेत देखिएको छ । मुस्लिम समुदायले असार ९ गते आफूहरुको रमजान पर्व पर्ने भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति पुनर्विचार गर्न आग्रह गरेपछि प्रधानमन्त्री परामर्शमा जुटेका छन । मंगलबार प्रधानमन्त्रीलाई भेटी मुस्लिम समुदायका प्रतिनिधिले रमजानको दिन चुनावमा सहभागी हुन कठिन हुने भएकाले मिति सार्न माग गरेका थिए । उनीहरुले असार ९ गते कक्षा ११ को परीक्षासमेत स्थगित गर्न माग गरेका थिए । मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले असार ९ गते परेको विषयमा ख्याल नै नभएको बताए । उनले रमजान प्रभावित नहुने गरी आवश्यक व्यवस्था गर्ने आश्वासन दिएका छन् । यसको अर्थ भनेको चुनाव सार्ने नै हो । प्रधानमन्त्रीले भने, ‘सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छौं’ । प्रधानमन्त्रीले मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता रहेको भन्दै जुनसुकै हालतमा भएपनि चुनाव गर्ने बताए ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्