केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बंगलादेशमा समुद्री आँधी, ३ लाखलाइ सुरक्षित स्थानमा सारियो

सहयात्रा टिभी

बिबिसि । बंगलादेशमा मोरा नामक शक्तिशाली समद्री आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । आँधीका कारण तटीय क्षेत्र कोक्स बजार र चटगाँउ नजिकै भारी बर्षा भएकोे छ । आँधीबाट क्षति पुग्नसक्ने भन्दै यसअघि नै सरकारले तटीय क्षेत्रका दश लाख भन्दा बढीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो । चटगाउँमा आँधी प्रभावितलाई राख्न ५ सय भन्दा बढी शिविर निर्माण गरिएको छ । मानिसहरुलाई सरकारी कार्यालय तथा विद्यालयमा पनि राखिएको छ । ३ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशको विपत व्यवस्थापन विभागले जनाएको छ । मोरा आँधीका कारण भारत तथा म्यानमारका केही क्षेत्र समेत प्रभावित हुने बताईएको छ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्