केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ निर्वाचन तालिका सार्वजनिक, असार २ गते मनोनयन, ५ गते अन्तिम नामावली

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधवार बसेको आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय बमोजिम नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार असार २ गते उम्मेदवार मनोनयन र असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोल्ने र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखिएको छैन ।

निर्वाचन कार्यतालिका यस्तो छ–

  •  असार २ गते– उम्मेदवारको मनोनयन र सूची प्रकाशन
  • असार ३ गते –उजुरी दिने र मनोनयन पत्र जाँच गर्ने
  • असार ४ गते–नामावली प्रकाशन र नाम फिर्ता लिने
  • असार ५ गते–उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने
  • असार १४ गते–बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्