नयाँ निर्वाचन तालिका सार्वजनिक, असार २ गते मनोनयन, ५ गते अन्तिम नामावली
सहयात्रा टिभी
काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधवार बसेको आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय बमोजिम नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार असार २ गते उम्मेदवार मनोनयन र असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोल्ने र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखिएको छैन ।
निर्वाचन कार्यतालिका यस्तो छ–
- असार २ गते– उम्मेदवारको मनोनयन र सूची प्रकाशन
- असार ३ गते –उजुरी दिने र मनोनयन पत्र जाँच गर्ने
- असार ४ गते–नामावली प्रकाशन र नाम फिर्ता लिने
- असार ५ गते–उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने
- असार १४ गते–बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान