केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चाउचाउ र कोकोकोलाको लत लागेपछि १० बर्षको बालक २ सय किलो

सहयात्रा टिभी

एजेन्सी । आजभोलि विश्वमै मानिस यती व्यस्त छन कि खाना खान पनि मुश्किलले फुर्सद जुटाउनु पर्ने हुन्छ । अझ कतिपय मानिस त साथमै रेडिमेड फुड बोकेर हिंडेका हुन्छन । जतिबेला जहाँ मन लाग्यो, त्यही खायो । तर, स्वास्थ्य बिज्ञानले भन्छ खाना सन्तुलित खानु पर्छ, नत्र स्वास्थ्यमा नकारात्मक अशर पर्छ । अझ त्यसमा पनि बालबालिकाको पोषणमा त विशेष ध्यान दिनुपर्ने हुन्छ । आजभोलिका बालबालिका पनि जंक फुड भनेपछि हुरुक्कै हुन्छन् । उनीहरुलाइ घरमा मात्र होइन अभिभावकहरुले आफनो व्यस्तताले गर्दा बिद्यालयमा पनि खाजा पनि यस्तै प्रकारका जंक फुड पठाउने गर्दछन । जंक फुड धेरै दिंदा बालबालिकालाइ त्यसको लत पनि लाग्न सक्छ । यसले कतिसम्म नराम्रो अशर पु¥याउँछ भन्ने कुराको गतिलो उदाहरण इण्डोनेशियामा फेला परेको छ ।
इण्डोनेसियामा दश वर्षको एक बालकको पनि चाउचाउ र कोकाकोलामा लत बसेको छ । सोही लतका कारण खाँदा खाँदा उनको जिउको वजन २ सय किलो पुगेको छ । 

अत्यधिक मोटोपनाका कारण त्यो बालक न त स्कुल जान सक्छ् न त राम्रोसँग हिँडडुल नै गर्न सक्छ । आर्य मोसन्त्री नामका ती बालक चाउचाउ, भात, मासु, माछा, कोकाकोला लगायतका खानेकुरा निरन्तर खाइरहन्छन् । यति धेरै खाँदा पनि उनलाइ भोक लागिरहन्छ । डाक्टरले मांसाहारी भोजन नगर्न सल्लाह दिए । त्यसो गर्दा पनि उनको वजन घटेन । अन्ततः डाक्टरहरुले उनको शल्यक्रिया गर्नुपरेको छ ।
आर्यकी आमा रकैयाका अनुसार उनले ३ जना मानिसले बराबर खानेकुरा खान्छन् । उनको गत अप्रिल १७ मा पहिलेपटक सर्जरी गरी ९ किलो वजन घटाइयो । अहिले उनको तौल थप १६ किलो घटिसकेको छ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्