केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धुम्रपान सम्बन्धी केही रोचक भ्रम

सहयात्रा टिभी

एजेन्सी। धुम्रपानका विषयमा विभिन्न भ्रमहरु छन । त्यसमा पनि धुम्रपान बढी गर्ने मानिसले नै यस्ता भ्रम बढी फैलाइरहेका हुन्छन । विश्वमा मात्र होइन नेपालमा पनि धुम्रपान सम्बन्धी यी भ्रमहरुको चर्चा गाउँदेखि शहरसम्म भैरहन्छ ।
भ्रम १ः चुरोट पिउनुका साथै यदि खानपिन स्वस्थ भयो भने त्यसले हानी गर्दैन ।
सत्य ः चुरोटको प्रत्यक्ष असर फोक्सोमा पर्छ जसको खानपिनसँग कुनै सम्बन्ध हुँदैन । त्यसकारण स्वस्थ खानपिनका बाबजुद चुरोटले आफ्नो असर देखाउन छोड्दैन ।
भ्रम २ः लाइट वा माइल्ड चुरोटले धेरै हानी गर्दैन ।
सत्य ः अनुसन्धानका अनुसार लाइट चुरोट पिउने बेला प्रयोगकर्ताले अत्यधिक धुँवा तान्ने गर्दछ जसका कारण लाइट चुरोटले पनि अन्य साधारण चुरोटले जस्तै हानी पुर्याउँछ ।
भ्रम ३ः ई–सिगरेटले हानी गर्दैन ।
सत्य ः अनुसन्धानका अनुसार ई–सिगरेटमा पनि साधारण चुरोटजस्तो हानिकारक रसायन पाइन्छ । यसले पनि क्यान्सरको समस्या निम्त्याउन सक्छ ।
भ्रम ४ः चुरोटमा पाइने निकोटिन र टारले मात्र हानी गर्दछ ।
सत्य ः चुरोटमा निकोटिज र टारका साथै विभिन्न हानिकारक रसायन पाइन्छ जसले क्यान्सरको समस्या पैदा गर्दछ ।
भ्रम ५ः यदि चुरोटको मात्रा कम गरियो भने त्यसले नोक्सानी गर्दैन ।
सत्य ः दिनभरी चाहे एउटा मात्र चुरोट पिउनुहोस् यसले फोक्सोलाई हानी गरेकै हुन्छ । चुरोटलाई कम गर्ने होइन यसलाई छोड्दा नै राम्रो ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्