केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मजदूरको सम्मान ख्वै ?

सहयात्रा टिभी

बैशाख १८, २०७४ । आज विश्व मजदूर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८ सय ८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १८ सय ८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८ सय ९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ । विश्वका मजदुरले यो दिवसलाई पर्वका रुपमा लिंदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउ“छन् । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसंगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसंगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । यो वर्ष अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कंग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ लगायतका मजदुर संगठनले सभा ¥यालीलगायतका विविध कार्यक्रम आयोजना गरेका छन ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्