महाअभियोग प्रस्ताव उचित भएको माओवादीको ठहर

बैशाख १८, २०७४ । नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उचित भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालय बैठकले प्रधानन्यायाधीले कार्यापालिकाको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको ठहर गर्दै प्रस्ताव उचित भएको निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महाअभियोग प्रस्तावबारे ब्रिफिङ गर्नुभएको थियो । दाहालले प्रस्तावले स्वतन्त्र न्यायलयको गरिमा अझ बढाउने बताउनु भएको थियो ।