केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिल्ली विजयी, आज कोलकता र पुने भिडने

सहयात्रा टिभी

बैशाख २०, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति दिल्लीले सनराइजर्स हैदराबादमाथि ६ विकेटको जित निकालेको हो । १ सय ८६ रनको लक्ष्य दिल्लीले खेल सकिन पांच बल अगावै चार विकेटको नोक्सानीमा भेट्टायो । उसका लागि कोरे एण्डरसनले अविजित ४१ रन बनाए । बलिङतर्फ हैदराबादका मोहम्मद सिराजले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित बीस ओभरमा तीन विकेट गुमाएर १ सय ८५ रन जोडेको थियो । उसका लागि युवराज सिंहले अविजित ७० रन बनाए । बलिङमा दिल्लीका मोहम्मद सामीले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र राइजिङ पुने सुपर जायन्टबीच प्रतिस्पर्धा हुनेछ ।।।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्