केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्दर्भ– विश्व प्रेस स्वतन्त्रता दिवस

सहयात्रा टिभी

बैशाख २०, २०७४ । विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरि आज मनाइदै छ ।
‘संवेदनशील समयका लागि संवेदनशील विचार ः शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नेपालमा पत्रकार महासंघले आज बिभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका अबसरमा महासंघले काठमाडौमा प्रभातफेरी गरेको छ । नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उहाँले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताउनुभयो ।
पत्रकारितामार्फत मुलुकलाई परिवर्तन सम्भव रहेको भन्दै उहाँले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताउनुभयो ।।।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्