‘माफ माग, महाअभियोग प्रस्ताव फिर्ता लेऊ’

सहयात्रा टिभी

बैशाख २०, २०७४ । संविधानबिद् नीलाम्बर आचार्य प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसंग क्रुद्ध भएका छन । उनले बिभिन्न संचारमाध्यम र समाजिक संजालमार्फत तत्काल माफी मागी महाअभियोग प्रस्ताव फिर्ता लिदै स्वतन्त्र न्यायपालिकाप्रतिको आफनो प्रतिबद्धता पुनस्र्थापित गर्न आग्रह गरेका छन । आचार्यको बुधवारको ट्वीट यस्तो छ –‘ महाअभियोग प्रस्ताव फिर्ता लेऊ । गल्ती स्वीकार गर । क्षमायाचना गर । स्वतन्त्र न्यायपालिकाप्रतिको आफनो प्रतिबद्धता पुनस्र्थापित गर । ढिला नगर । ’
आचार्यले महाअभियोग प्रस्ताव हलुका ढंगले दर्ता गर्न दिएकोमा सभामुख ओनसरी घर्तीले पनि गल्ती गरेको टिप्पणी गरेका छन । उनले यस्ता गम्भीर प्रकृतिका प्रस्ताव आउँदा दर्ता विधि र हस्ताक्षर सनाखत लगायतका विषयमा संवेदनशिल नहुनु गैरजिम्मेवार व्यवहार भएको बताएका छन ।
महाअभियोग प्रस्तावको संविधानबिद् आचार्य मात्र नभइ पूर्व प्रधानन्यायाधीशहरु, पूर्व न्यायाधीशहरु, बिपक्षी नेकपा एमाले, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी पार्टी लगायत बिभिन्न प्रतिष्ठित व्यक्ति र संघसस्थाले विरोध गरेका छन । महाअभियोग लगाउने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने प्रस्ताव उचित भएको ठहर गर्दै यसले न्यायलयको गरीमा अझै उँचो बनाएको दावी गरेका छन । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग फिर्ताको माग गर्दै नागरिक समाजका अगुवाहरु सडकमा निस्किएका छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा डा. गोविन्द केसी लगायतको सहभागितामा बुधबार बसन्तपुरमा भएको सभामा सबैले महाअभियोगको गलत प्रयोग भएको बताए । 

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्