केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मध्यपूर्वमा शान्ति कायम ट्रम्प–अब्बासबीच सहमति

सहयात्रा टिभी

बैशाख २१, २०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासबीच भेटवार्ता भएको छ । भेटवार्तामा राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना प्रबल रहेको बताएका छन । ह्वाइट हाउसमा अब्बासंगको संयुक्त सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले इजरायल प्यालेष्टिइनबीच शान्ति सम्झौता गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । प्यालेस्टिाइनी राष्ट्रपति अब्बासले आफूले १९ सय ६७ भन्दा अघिको सीमामा आधारित भएर दुइ राष्ट्रबीच शान्ति चाहेको बताए । यसका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको साथ चाहिने उनले बताए । ट्रम्पले दुइ राष्ट्रको सिद्धान्तका विषयमा भने आफनो राय दिएनन । शान्ति कायम गर्न दुवै पक्षले हिंसाको आगो फैलाउन बन्द गर्नुपर्ने ट्रम्पको भनाइ थियो ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्