केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शाहरुख खानको कोलकता पराजित, आज दिल्ली र गुजरात भिडने

सहयात्रा टिभी

बैशाख २१, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा राइजिङ पुने सुपर जायन्ट विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति पुनेले शाहरुख खानको कोलकाता नाइट राइडर्समाथि चार विकेटको जित निकालेको हो । १ सय ५६ रनको लक्ष्य पुनेले खेल सकिन चार बल अगावै ६ विकेटको नोक्सानीमा पूरा ग¥यो । उसका लागि राहुल त्रिपाठीले ९३ रन बनाए । बलिङतर्फ कोलकाताका क्रिस ओक्सले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारितबीस ओभरमा आठ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । एक समय ५५ रनमा पांच विकेटको स्थितीमा रहेको कोलकाताको इनिङ मनिष पाण्डेले र कोलिन डि ग्राण्डहोम्मीले सम्हालेका थिए । पाण्डेले ३७ तथा कोलिन ३६ रनमा पेभेलियन फर्के । प्रतियोगिता अन्तर्गत आज दिल्ली डेयर डेभिल्स र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्