केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अदालतको आदेशको समर्थन गर्दै सडकमा

सहयात्रा टिभी

काठमाडौं । महाअभियोगपछि निलम्बनमा परेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशको समर्थन गर्दै केही कानुन व्यवसायी सडकमा निस्किएका छन । केही कानून व्यवसायीले ‘न्यायलय बचाउ अभियान’ नामक ब्यानर बोकेर काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानन्यायाधीश कार्कीबिरुद्ध प्रतिशोधपूर्ण तरिकाले महाअभियोग प्रस्ताव ल्याइएको आरोप लगाउँदै कार्कीलाइ पुनर्वहाली गर्न सर्वोच्चले दिएको अन्तरिम आदेशको स्वागत गरे । प्रदर्शनमा अधिवक्ता श्रीहरि अर्याल, सुनीलरञ्जन सिंह, दिनेश त्रिपाठी लगायत सहभागी थिए ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्