केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जलवायु परिवर्तनबारे चीन र युरोपको पहलकदमी

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी प्यारीस सम्झौता कार्यान्वयनबारे आनाकानी गरिरहँदा चीन र इयुले सम्झौताको समर्थनमा एक संयुक्त वक्तव्य प्रकाशित गर्ने तयारी गरेका छन्। चिनियाँ तथा युरोपेली नेताहरुले प्यारीस सम्झौताको अपरिहार्यताबारे एक संयुक्त वक्तव्यको तयारी गरेका छन्। बीबीसीले अध्ययन गरेको उक्त संयुक्त वक्तव्यको मस्यौदामा प्यारीस सम्झौता कार्यान्वयनका निम्ति उच्चतम राजनीतिक प्रतिबद्धतामा जोड दिइएको छ।

ट्रम्पविरुद्ध गठबन्धन?

चीन र इयुको सो तयारीलाई प्यारीस सम्झौताबाट अमेरिकाले हात झिक्ने भन्ने विषयमा छलफलरत राष्ट्रपति ट्रम्पविरुद्धको कदमको रुपमा हेरिएको छ। ट्रम्पले उक्त सम्झौताबाट अमेरिकालाई अलग्याउने वा नअलग्याउने भन्ने विषयमा निर्णय सुनाउने तयारी गरेको बताइएको छ। शुक्रबार सार्वजनिक गरिने ठानिएको जलवायु परिवर्तन र स्वच्छ उर्जाबारे सो संयुक्त वक्तव्यका निम्ति चिनियाँ तथा इयु अधिकारीहरु एक वर्षभन्दा धेरै समयदेखि कार्यरत रहेका थिए। सो वक्तव्यले बढ्दो तापक्रमले उत्पन्न गराउने खतरालाई राष्ट्रिय सुरक्षाको मामिला मानेको छ। इयु तथा चीनका जलवायुसम्बन्धी वार्ताकारहरु एक वर्ष अगाडीदेखि संयुक्त पहलका निम्ति कार्यरत थिए । त्यसले स्वच्छ उर्जातर्फको संक्रमणले रोजगार सृजना गर्ने र आर्थिक वृद्धि हुने उल्लेख गरेको छ।

प्रतिबद्धता

मस्यौदा वक्तव्यमा इयु र चीनले प्यारीस सम्झौतालाई ऐतिहासिक उपलब्धि मान्दै साझा राजनीतिक इच्छाशक्ति र आपसी विश्वास विश्वले सामना गरेको सबभन्दा ठूलो समस्या समाधान गर्न प्रभावकारी हुने उल्लेख गरिएको छ। प्यारीस सम्झौता अन्तर्गत देशहरुले विश्वव्यापी तापमानलाई औद्योगिक युगभन्दा अघिको तुलनामा औसत २ भन्दा कम डिग्री सेल्सियसले मात्र बढ्न दिने प्रतिबद्धता जनाएका थिए। इयु र चीनको तयारीलाई वातावरणवादीहरुले स्वागत गरेका छन्। यसबीच अमेरिकाको क्यालीफोर्निया राज्यका डेमोक्र्याटिक नेता तथा गभर्नर जेरी ब्राउनले उनको राज्यले जलवायु परिवर्तनसंग जुध्न चीन तथा अन्य मुलुकसंग सहकार्य गर्ने बताएका छन्। स्वच्छ उर्जाबारे विश्व नेताहरुसंग कुराकानी गर्न चीन जान लागेका ब्राउनले ट्रम्पको जलवायु नीतिबारे भने, “त्यो हानीकारक छ। तर जति सोचिएको त्यति हानीकारक छैन। किनभने, एउटा विडम्बना नै भन्नुपर्छ, राष्ट्रपति ट्रम्पकै कारण जलवायु परिवर्तन भएको छैन भन्नेहरु अहिले निकै आलोचित अवस्थामा पुगेका छन्।” 

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्