केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डीआईजी सिलवालको मुद्दामाथि सुनुवाइ जारी

सहयात्रा टिभी

काठमाडौं । डीआईजी नवराज सिलवालले ‘आफूलाई आईजिपी बनाईपाउँ’ भन्दै सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दामाथि अहिले वृहद पुर्ण इजलाशमा सुनुवाई भइरहेको छ । न्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वको बेञ्चमा सुनुवाइ भैरहेको हो । बृहद् इजलासमा अन्य न्यायाधी जगदिश शर्मा पौडेल, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी पनि हुनुहुन्छ ।
सर्वोच्चले जयबहादुर चन्दको नियुक्ती बदर गरेर नवराज सिलवाललाई आईजिपी बनाउन परमादेश जारी गरेपनि सरकारले प्रकाश अर्याललाई आईजिपी बनाएपछि शिलवाल पुनः अदालत पुग्नु भएको थियो ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्