केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाईनलमा प्रबेश

सहयात्रा टिभी

काठमाडौं । पश्चिमाञ्चल विकास क्षेत्र जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रबेश छ । पछिल्लो खेलमा  मध्य पश्चिमाञ्चललाई ९ विकेटले हराउँदै उसले सेमिफाईनलमा स्थान बनाएको हो । मध्य पश्चिमले प्रस्तुत गरेको ६३ रनको चुनौती उसले ११ दशमलब १ ओभरमा १ विकेट गुमाएर भेट्टायो । अनिल गुरुङ २३ र निरध्वज सेन १९ रनमा नटआउट रहेको ईनिङसमा सौरभ खनालले २० रनको योगदान गरे । यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको पश्चिमाञ्चलले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको मध्यपश्चिमाञ्चल २३ ओभरमा ६२ रनकै झिनो स्कोरमा समेटिएको थियो । जितसंगै पश्चिमाञ्चल ४ अंक सहित तालिकाको शीर्ष स्थानमा रहदै अघिल्लो चारमा प्रबेश गरेको हो । यो समुहबाट मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले समान एक एक तथा एपिएफले २ खेल खेल्न बाँकि रहेको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्