केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लाइभ अन्तर्वार्तामै महिला पत्रकारलाई खेलाडीको ‘किस’

सहयात्रा टिभी

एजेन्सी । मानिसले आफनो भावना र आवेगलाइ नियन्त्रण गर्न नसक्दा के हुन्छ भन्ने कुरा फ्रान्सेली टेनिस प्लेयर म्याक्सिम हेमूले भोगेका छन । लाइभ अन्तर्वार्ताको क्रममा महिला पत्रकारलाई जर्बजस्ती चुम्बन गर्न र संवेदनशिल अंग छुन खोजेपछि उनलाइ फ्रेन्च ओपन टेनिस टूर्नामेन्टबाटै निष्कासन गरिएकोे छ । 

खेल आयोजकले २१ वर्षे म्याक्सिमको यो व्यवहारलाई लज्जास्पद बताउँदै उनलाइ कारवाही स्वरुप टूर्नामेन्टबाट बाहिर निकालेको हो । युरोस्पोर्टकी रिपोर्टर मेली थोमसले उनको अन्तर्वार्ता लिइरहेकी थिइन् । म्याक्सिमले सुरुमा मेलीको काँधमा हात राखे । त्यसपछि उनलाई टाउको र घाँटीमा जर्बजस्ती चुम्बन गर्न सुरु गरे ।

पत्रकार मेलीले भनिन, ‘ ‘लाइभ नभएको भए फाइट हान्ने थिएँ । ’
फ्रेन्च फेडेरेशनले घटनाबारे अनुसन्धान गर्न आदेश पनि दिएको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्