केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय प्रहरीलाई गुपचुप बुझाइयो

सहयात्रा टिभी

काठमाडौं । बिना ईजाजत नेपाल प्रवेश गर्दा डोटीमा पक्राउ परेका भारतीय प्रहरीलाई गुपचुप रुपमा बुझाईएको छ । कञ्चनपुरको सिमापारी बनबासामा लगेर भारतीय सुरक्षाकर्मी समक्ष उनीहरुलाई बुझाईएको महाकाली अञ्चल प्रहरी कार्यालयले जनाएको छ । भारतीय प्रहरीका डिएसपी नागराज सहितका ५ जनालाई बुझाईएको कार्यालय श्रोतले जनाएको छ । एक नेपालीलाई अपहरण शैलीमा लैजाँदै गर्दा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटी नजिकबाट बुधबार राति पक्राउ गरिएको थियो । पक्राउ परेकालाई कुनै कारबाही नगरी गुपचुप रुपमा बुझाइएको हो । पक्राउ परेका भारतीय प्रहरीले एक ट्राभल एजेन्सीबाट स्कोरपियो गाडी भाडामा लिएर दिपायल सिलगढी नगरपालिका ८ का लडागडाका लालबहादुर आउजीलाई पक्राउ गगरी लिएर जाँदै थिए । लुटपाट गरी नेपाल आएको आरोपमा आउजीलाई खोज्दै भारतीय प्रहरी टोली नेपाल आएको बताइएको छ । आउजीलाई भने मुक्त गरिएको छ ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्