केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स ट्रफीमा ईङल्याण्डको विजयी सुरुवात, आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिडदै

सहयात्रा टिभी

बिबिसि । आयोजक ईङल्याण्डले च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगीतामा बिजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा इङल्याण्डले बंगलादेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । बंगलादेशले प्रस्तुत गरेको ३ सय ६ रनको उच्च चुनौती ईङल्याण्डले १६ बल अगाबै २ विकेट गुमाएर भेट्टायो । उसको जितमा म्यान अफ दि म्याच घोषित जोए रुटले नटआउट १ सय ३३ रनको योगदान गरे । यसअघि लण्डनस्थित केनिङटोन ओभलमा ईङल्याण्डले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । ओपनर तामिम ईकवालको शतक मद्दतमा बंगलादेशले चुनौतिपुर्ण स्कोर खडा गरेको हो । उनले १ सय २८ रन बनाए । मुस्फिकर रहिमले ७९ रन बनाए । ईङल्याण्डका लिम पल्ङकेटले ४ विकेट लिएका थिए । प्रतियोगीतामा आज अष्ट्रेलिया र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्