केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दरबार हत्याकाण्डका १६ बर्ष, रहस्य अझै गर्भमा

सहयात्रा टिभी

काठमाडौं । तत्कालिन राजा बीरेन्द्रको बंश नाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज १६ वर्ष पुगेको छ । आजभन्दा ठीक १६ वर्षअघि आजकै दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । २०५८ जेठ १९ शुक्रबार राती तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका दश जनाको हत्या गरिएको थियो ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकसाथ गोली हानी हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश, सभामुखको नेतृत्वमा छानविन गरे पनि त्यसले तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टि अझै कायम छ । यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानविन अझै भएको छैन । पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्डबारे सत्यतथ्य बाहिर ल्याउने बताएपनि उनीहरुले त्यसलाइ राजनीतिक अस्त्रकारुपमा मात्र प्रयोग गरे ।
अत्यन्तै बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशाली मानिएको राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझैसम्म स्वतन्त्र रुपमा छानविन हुन नसक्नु बिडम्बना हो । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानविन समितिले घटनाका बारेमा प्रतिवेदन तयार गरेपनि सो प्रतिवेदनलाई आम जनताले सहजै पत्याउन सकेका छैनन । 

(

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्