केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोधारमा राजपा, निर्वाचनको टुंगो छैन, घोषणापत्रको हतारो

सहयात्रा टिभी

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा सहभागी हुने नहुने निश्चित नभएको राप्रपा घोषणा पत्र निर्माणमा जुटेको छ । केहीअघि निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको राजपा पछिल्लो समय भारतीय दुतावासमा ब्रेकफाष्ट मिटिङ गरेपछि चुनावको मनस्थितिमा देखिएको छ । राजपाले निर्वाचनमा जाने निर्णय त गरेको छैन तर निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ । राजपा निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्यक पार्टी घोषणापत्र र विधान टुंगो लगाउने गृहकार्यमा लागेको छ ।
संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तहको संख्या मधेसमा जनसंख्याको अनुपातमा थपिनुपर्ने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनामा जाने देखिएको छ ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्