प्रधानमन्त्री निर्वाचनका लागि शनिवार मनोनयन, आइतबार निर्वाचन
सहयात्रा टिभी
काठमाडौं । व्यवस्था संसद् सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकासित गरेको छ । सचिवालयले शुक्रवार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गरेर प्रधानमन्त्री निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार मनोनयन दर्ताको कार्यक्रम छ भने पर्सी २१ गते निर्वाचन हुनेछ ।