केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय, एमाले असन्तुष्ट

सहयात्रा टिभी

काठमाडौं । मतपत्र च्यातिएको घटनापछि विवादमा रहेको भरतपुर महानगरपालिकाका विषयमा निर्वाचन आयोगले बोल्ड निर्णय गरेको छ । आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको छ ।

आयोगको निर्णयलाई एमालेले दुर्भाग्यपूर्ण भन्दै संसद चल्न नदिने चेतावनी दिएको छ । एमाले स्थायी कमिटी बैठक जारी रहेकाबेला बैठकमा आयोगको गतिविधिमाथि पनि शंका उठेको विषयमा छलफल भएको थियो । बिभिन्न एमाले नेताहरुले समाजिक संजालमा आयोगको निर्णयप्रति खेद प्रकट गरेका छन ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्