केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री चुनाव आइतबार, एमालेले अवरोध गर्ने

सहयात्रा टिभी

काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गरिएको उम्मेदवारी मनोनयनमा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ । संसद् सचिवालयले तोकेको समय भित्र देउवाको मात्र उम्मेदवारी परेको हो । प्रमुख प्रतिपक्षी एमालेले समेत मनोनयन दर्ता गर्ने चर्चा चलेपनि अन्तिम समयमा उम्मेद्वारी नदिने निर्णय गरेको थियो ।
यसअघि एमालेका उपाध्यक्ष बामदेव गौतमले उम्मेदवारी दिने चर्चा एमालेले चलाएको थियो । एमालेले प्रधानमन्त्री निर्वाचनको प्रक्रियाप्रति असन्तुष्टि जनाउदै उम्मेदवारी नदिने निर्णय गरेको हो । एमालेले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री निर्वाचनको कार्यतालिका बारे आफुहरुलाई औपचारिक जानकारी नभएको जनाएको छ । एमाले स्थायी समिति बैठकले बहुमतीय प्रक्रियाबारे औपचारिक जानकारी नभएकाले उम्मेद्वारी नदिने निश्कर्ष निकालेको हो । उता, निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि एमाले आक्रोशित भएको छ । यही झोंकमा एमालेले आइतबार संसद् बैठक चल्न नदिइ प्रधानमन्त्रीको निर्वाचन पनि हुन नदिने चेतावनी दिएको छ ।
मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे संसदमा निर्वाचन हुने कार्यतालिका छ । प्रधानमन्त्रीमा देउवा निर्वाचित हुन संसदमा हाल कायम ५ सय ९३ सदस्य संख्याको बहुमत अर्थात २ सय ९७ मत आवश्यक पर्छ ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्