केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जापानमा सामुहिक रुपमा निस्वस्त्र भएर नुहाउने ‘बाथ हाउस’

सहयात्रा टिभी

एजेन्सी । के के सुन्नु पर्छ के के देख्नु पर्छ । जापानमा अब निस्बस्त्र भएर सामुहिक रुपमा नुहाउने बाथ हाउस पनि बनाइएको छ । नाङ्गै नुहाउँदा लाज शरम केही नहोला त ? नेपाली समाज भए पो ! जापानीहरुलाइ त खासै मतलव पनि हुँदैन ।
राजधानी टोकियोमा रहेको हिनोदेयु बाथ हाउस नामक सामूहिक स्नानघर यसकारण चर्चित छ की यहाँ मानिसहरुले निर्वस्त्र रुपमा सामूहिक रुपमा नुहाउने गर्दछन् । खासगरी जापानी युवाहरुलाई आकर्षित गर्नका लागि यो स्नानघरको निर्माण गरिएको हो । यो सामूहिक निर्वस्त्र स्नानघर खोल्नुको एउटा उद्धेश्य चाहीँ जापानी युवाहरुलाई सामूहिक स्नानको पूरानो परम्परालाई सम्झाउनु हो । 

जापानमा दशकौंदेखि सामुहिक स्नानको परम्परा चलिआएको छ । यस्तो सामूहिक स्नानलाई सिन्टो भनिन्छ । आजकल आधुनिक जीवनशैलीका कारण घरमा अत्याधुनिक बाथरुम बनेसँगै सिन्टो परम्परा लोप हुन थालेको छ । जसका कारण उक्त अनौठो निर्वस्त्र सामुहिक स्नानघर खोलिएको हो । नुहाउने बेला यहाँ विभिन्न खेल पनि खेल्न पाइन्छ । यो निर्वस्त्र स्नानघरमा नुहाउन र सिक्नका लागि झण्डै ४ सय रुपैयाँ बराबर मूल्य तिर्नुपर्दछ ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्