केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा दुइ तिहाइतर्फ, एमाले एक्लिदै

सहयात्रा टिभी

काठमाडौं । मुलुकको ४०औं प्रधानमन्त्री बन्ने तयारीमा रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवालाइ एमाले बाहेक सबै ठूला दलहरुले समर्थन गरेका छन । नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम (गच्छदार), संघीय समाजवादी फोरम (उपेन्द्र यादव ) लगायत बिभिन्न साना दलहरुले प्रधानमन्त्रीमा समर्थन गरिसकेका छन । यो हिसाबले हेर्दा देउवा सिधै दुइ तिहाइतर्फ गैरहेका छन । सबै प्रमुख दलहरुले समर्थन जनाइसकेकाबेला एमालेले संसद् नै अवरुद्ध गर्न दिएको चेतावनी आफनै पार्टी भित्र विवादमा परेको छ । वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री चयन प्रक्रिया त अवरुद्ध गर्न हुँदैन भन्ने बिचार पार्टी बैठकमा राखेका थिए । यसअघि शनिवारको तीन दलिय छलफलमा अध्यक्ष केपी ओली सहभागी नभएपनि नेता नेपाल र खनाल भने बैठकमा पुगेका थिए । पार्टी भित्र बिग्रह आउने खतरा देखेपछि अध्यक्ष ओली आइतबारको शीर्ष बैठकमा भने सहभागी भएका थिए । कुनैपनि हालतमा देउवालाइ प्रधानमन्त्री बन्न रोक्न नसकिने भएपछि ओलीले सहमतिबाटै अघि बढौं भन्दै दुइ दिन संसद् बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाइ देउवाले पहिलो शब्दमै स्वीकार गरेका थिए । नेता झलनाथ खनालले पनि देउवालाइ सरकार चलाउन सहज होस भन्ने मनशायले बैठक स्थगित गरिएको प्रतिक्रिया दिए । कांग्रेसलाइ प्रमुख राजनीतिक दलहरुले समर्थन गरिसकेपछि एमाले ठूलो नैतिक दवावमा परेको संकेत हो यो । यसअघि राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध नगर्न ओलीलाइ सचेत गराइसकेका थिए । भरतपुर महानगरपालिकाको बाहनामा सधैं संसद अवरुद्ध गर्दा नराम्रो सन्देश प्रवाह भैरहेको कुरामा स्वयं एमाले नेताहरु जानकार थिए । यी सबै कुराले आन्तरिक दवावमा परेको एमाले दलहरुकाबीचबाट समेत एक्लिन थालेपछि सुरक्षित अवतरणको खोजिमा छ । दुइ दिनको संसद स्थगन एमालेकै सुरक्षित अवतरणको गृहकार्यमा बित्ने छ । एमालेको ‘इगो’ शान्त पार्न सामान्य राजनीतिक लेनदेन सम्भव भए देउवा जेठ २३ गते मंगलवार मुलुकको ४०औं प्रधानमन्त्री हुनेछन ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्