जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३०, जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्युु भएको छ ।

सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।

उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी दिए ।

चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएको चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ ।

हात्तीको आक्रमणबाट चौधरीको मृत्युु भएपछि स्थानीयवासी त्रसित छन् ।

प्रकाशित : 16 November, 2026

प्रतिक्रिया दिनुहोस्