चार देशद्वारा कतारसँग सम्बन्ध विच्छेद
सहयात्रा टिभी
बिबिसि । आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहरेन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्। उनीहरुले कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन्। साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ।
कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा ‘ह्याकिङ्’ गरिएपछि खाडी क्षेत्रमा बढेको तनावमाझ पछिल्ला घोषणा भएका हुन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी क्षेत्रका देशहरु एकढिक्का हुन आह्वान गरेका छन्।