केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिदाइ कार्यक्रममा प्रधानमन्त्रीले भने : ‘फेरि आउँछु, स्वागतका लागि तयार रहनुहोस’

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः आफू प्रधानमन्त्रीका रुपमा फर्कने संकेत गर्नुभएको छ । मुख्यसचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुद्वारा आयोजित बिदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने भन्दै ठट्यौली पारामा बिदाइ मात्र होइन स्वागतको पनि तयारी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले राजनीतिक सहमतिलाई पालना गर्ने संस्कार बसाउन आफूले राजीनामा दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने मुख्यसचिव सोमलाल सुवेदीसहित सबै कर्मचारीलाइ धन्यवाद दिनुभयो । स्थानीय तहको पहिलो चरणको निर्वाचन संविधान कार्यान्वयनको आधारशीला बनिसकेको बताउँदै उहाँले अब कसैले पनि यो गतिलाइ रोक्न नसक्ने बताउनुभयो । बिदाई कार्यक्रममा प्रधानमन्त्रीलाई कर्मचारीहरुले बुद्धको मुर्ति उपहार दिएका थिए ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्