केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुन:मतदानको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतको भरतपुर महानगरपालिकाको विवाद सम्बन्धी मुद्दामा थप छलफलका लागि दुवै पक्षलाइ झिकाएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले यो विषयमा परेको मुद्दाको सुनुवाई गर्दै तीन दिन यथास्थितिमा राख्न आदेश दिँदै अन्तरिम छलफलका लागि दुवै पक्षलाई डाकेको हो । आदेशपछि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा कम्तिमा तीन दिन मतदान र मतगणना दुवै नहुने भएको छ । दुवै पक्षको राय बुझेपछि मात्रै सर्वोच्चले फैसला गर्नेछ ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्