केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भ्रष्टाचार अभियोगमा पक्राउ परेका चुडामणि अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौं । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा वीर अस्पतालमा भर्ना भएका छन् । हिरासतमा रहेका शर्मालाई स्वास्थ्यमा समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो । शर्मालाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

शर्मालाई आइतबार विशेष अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत शुक्रबार अख्तियारले शर्मा भ्रष्टाचारको अभियोगमा कार्यालयबाटै पक्राउ परेका थिए ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्