केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन दलबीच सहमति, मंगलवार देउवा प्रधानमन्त्री पक्का

सहयात्रा टिभी

काठमाडौं । भरतपुर महानगरपालिकाको विवादलाइ लिएर तीन दलबीच चुलिएको विवाद अब साँघुरिएको छ । सोमबार सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुबीच मंगलवार प्रधानमन्त्री निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ । एमालेले संसद अवरोध गर्ने अडान त्यागेपछि सहमति सम्भव भएको हो । एमालेले भरतपुर प्रकरणलाई लिएर सदन अवरोध गर्दै आएको थियो । बैठकपछि एमाले नेता झलनाथ खनालले मंगलबारको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिनुभयो । संसद अवरुद्ध नहुने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ । आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका रहे पनि एमालेको अवरोधका कारण संसद बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्