राजपा र संघीय समाजवादीसंग कांग्रेस–माओवादीको सहमति

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादीले राजपा तथा संघीय समाजवादी फोरमसंग तीन बुँदे सम्झौता गरेका छन । कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउँदै गर्दा तीनवटै पक्षबीच सहमति भएको हो । सहमति भएसंगै राजपा र संघीय समाजवादी फोरम प्रधानमन्त्री निर्वाचनमा सहभागी हुन तयार भएका हुन ।