केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदमा ओलीको सम्बोधन: आधारभुत कुरामा मिलेर जान सकिन्छ

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफनो पार्टी सहमति र सहकार्यको विरोधी नभएको भन्दै आधारभुत विषयमा सहमति गरेर अघि बढन तयार रहेको बताउनु भएको छ । व्यवस्थापिका संसद्को बैठकलाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन, मधेशका हक अधिकारका विषयलाइ हचुवाको भरमा नभइ सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले उठाएका विषयलाइ पुष्पकमल दाहाल सरकारले थोरै भएपनि काम अघि बढाएकोमा धन्यवाद दिनुभयो । उहाँले सत्तारुढ दलले तानाशाही राज्यको अभ्यास गर्न थालेकोमा भने असन्तुष्टि जाहेर गर्नुभयो । राज्यका अंगहरुलाई कमजोर बनाएर र न्यायालयलाई तर्साएर तानाशाही राज्यको अभ्यास हुन थालेको उहाँको आरोप छ । राज्यका अंगहरुलाई दबाएर थर्काएर काबुमा राख्नु गलत भएको उहाँले बताउनुभयो । प्रधान्यायाधीशलाई महाभियोग लगाएर तर्साउने, पुलिसलाई गिरफ्तार गरेर तह लगाउने, निर्वाचन आयोगलाई आफू अनुकुल चलाउने लगायतका काम पाच्य नभएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा मतगणना च्यातिएको विषयमा निर्वाचन आयोगले उपयुक्त फैसला दिन नसकेको समेत गुनासो गर्नुभयो ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्