केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वार्तामा आउन कतारको आग्रह

सहयात्रा टिभी

बिबिसि । साउदी अरेबियासहितका मुलुकले सम्बन्ध विच्छेद गरेपछि कूटनीतिक समस्या समाधानका लागि वार्तामा आउन कतारले आह्वान गरेको छ। विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत मतभेदहरु सुल्झाउनुपर्ने बताएका छन्। अर्को क्षेत्रीय संगठन खाडी सहयोग परिषद्, कुवेतले संयमित हुन अपील गरेको छ। कतार र उससँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका उसका छिमेकी मुलुकबीचको तनाव गहिरिँदै गएको छ।

साउदी अरेबिया, बहरेन र इजिप्टले कतारका हवाई जहाजहरुलाई मंगलबारदेखि आफ्ना हवाई क्षेत्रमा प्रवेश गर्न नदिने बताएका छन्। इमिरेट्स र इतिहादसहित खाडी क्षेत्रका प्रमुख हवाई सेवा प्रदायकले कतारका लागि आफ्ना उडानहरु बन्द गरेका छन्। कतार सरकारले पछिल्लो विवादले जनजीवनमा कुनै असर नपर्ने बताएपनि मानिसहरुले सोमबारदेखि नै खाद्यान्न भण्डारण गर्न थालेको विवरण प्राप्त भएका छन्। साउदी अरेबियाले कतारसँगका सीमा नाकाहरु बन्द गरिसकेको छ जसका कारण त्यहाँ सम्भावित खाद्यान्न अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएका छन्।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्