केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन

सहयात्रा टिभी

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । पहिलो चरणको मन्त्री मण्डलमा तीन उपप्रधानमन्त्री रहेका छन । उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम सम्हाल्नु हुनेछ । कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनु भएको छ । अर्थमा महेश अचार्यको चर्चा भएपनि अन्तिममा कार्कीलाइ चयन गरिएको हो । कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रम मन्त्री, माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बन्नु भएको छ । सबै मन्त्रीलाइ राष्ट्रपति बिद्या भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा सपथ ग्रहण गराउनुभयो । 

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्