केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यान्चेष्टर युनाईटेड विश्वको सबै भन्दा धनी क्लब

सहयात्रा टिभी

बिबिसि । इङलिस क्लब म्यान्चेष्टर युनाईटेड विश्वको सबै भन्दा धनी फुटबल क्लब घोषित भएको छ ।  विजनेस म्यागजिन फोब्सले सार्वजनिक गरेको सूचीमा स्पेनिस क्लब बार्सिलोनालाई पछि पार्दै म्यान्चेष्टर युनाईटेड विश्वकै धनी क्लब घोषित भएको हो । पछिल्ला चार बर्षदेखी शीर्ष स्थानमा रहेको रियाल मड्रिडले यस सिजन च्याम्पियन्स लिग र स्पेनिस लिगको उपाधि जितेपनि उसको मुल्यमा २ प्रतिशतले गिरावट आएको छ । यस सिजन युरोपा लिग र लिग कप जितेको म्यान युनाईटेडको मुल्यमा ११ प्रतिशतले वृद्धि भएको छ ।  म्यान युनाईटेडको मुल्य ३ अर्व ६९ करोड डलर रहेको छ । दोस्रो स्थानमा रहेको स्पेनिस क्लब बार्सिलोनाको ३ अर्व ६४ करोड डलर रहेको छ । तेस्रो स्थानमा रहेको रियालको मुल्य ३ अर्व ५८ करोड डलर रहेको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्