केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी मन्त्रीहरुबाट बाबुराम प्रसन्न

सहयात्रा टिभी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा माओवादी केन्द्रले छानेका मन्त्रीहरुको प्रशंसा गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका भट्टराईले यस पटक माओवादी केन्द्रले मन्त्रीहरु राम्रोसँग चयन गरेको भन्दै प्रशंसा गर्नुभएको हो । भट्टराईले ट्विट गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु जनार्दन शर्मा र प्रभु साहलाई बधाई तथा शुभकामना दिनुभएको छ । साथै नेपाली कांग्रेसका मन्त्रीहरुलाई पनि वधाई र शुभकामना दिनु भएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्