भीषणको ‘खुशी’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । गायक तथा संगीतकार भिषण मुकारुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भीषणको तीन बर्ष पुरानोे ‘चन्द्रमुखी’ एल्बममा समावेश गरिएको गीत ‘खुसी’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा भिषणकै संगीत र स्वर रहेको छ । जीवन मुकारुङले शव्द रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । म्युजिक भिडियोमा राजेश पुमा राईले निर्देशन गरेका छन । यस्तै, एलिसा राई, निराजन प्रधान र मन्दीप राईले अभिनय गरेका छन ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्