केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोर्न हेर्ने बालिका पक्राउपछि खुल्यो बलात्कारको रहस्य

सहयात्रा टिभी

एजेन्सी । टेक्सासमा अचम्म भएको छ । एक ९ बर्षीया बालिका खुब पोर्न साइट हेर्ने । तब अचम्म भयो, जब उनले आफूले पोर्न साइट हेर्नुको कारण बताइन । उनका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहेको अवस्थामा पक्राउ भेटेपछि यसको रहस्य सार्वजनिक भएको हो । उनले आफना साथीहरुसँग मिलेर थुप्रै दिनदेखि पोर्न फिल्म हेरिरहेको शिक्षीकाले थाहा पाइन । ती बालिकालाई स्कूलको तर्फबाट आइप्याड दिइएको थियो । ती बालिकाले थुप्रै पटक पोर्न फिल्मको खोजी गरेको भेटियो । जब शिक्षकले बालिकालाई बोलाएर यसबारे सोधिन उनले भनिन, ‘ ‘म र मेरा साथी यो जान्न चाहन्थ्यौं कि ममाथि एकजना आफन्तले जे गरिरहेका थिए, आखिर त्यो हो के ?’ 
वास्तवमा, बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरे नामका एक युवकले उनलाई ७ बर्षको उमेरदेखि नै यौन शोषण गरिरहेका थिए । बालिकाले यो पनि भनिन कि एन्थोनीले उनकी बहिनीसँग पनि यस्तो व्यवहार गर्दथे । त्यसकारण पोर्न फिल्मको खोजी गरेर आफू र बहिनीमाथि जे भइरहेको छ, आखिर त्यो के हो भनी उनीहरु बुझन चाहन्थे ।
बालिकाको सबै कुरा थाहा भएपछि विद्यालयका शिक्षकले यसबारे पुलिसलाई जानकारी गराए । पुलिसले तत्काल एन्थोनीलाई पक्राउ गर्यो । अहिले एन्थोनी जेलमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा चलाइएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्