=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


बलिउडकी स्टार नायिक प्रियंका हलिउडमा पनि सफल

सहयात्रा टिभी

एजेन्सी । आफनो सुन्दरता र अभिनयले बलिउडमा तहल्का मच्चाइरहेकी भारतीय अभिनेतृ प्रियंका चोपडा हलिउडमा पनि जम्न थालेकी छन । उनलाइ हलिउड यात्रा निकै फापिरहेको छ । क्वान्टीको सिरियल खेल्दै पिपुल्स च्वाइस अवार्ड र दर्शकहरुको वाहीवाही पाएकी प्रियंकाको हलिउड फिल्म ‘वे वाच’ यतिबेला प्रदर्शनमा छ । 

फिल्म निकै राम्रोसंग चलिरहेको छ । हलिउडमा यसको ब्यापार निकै उत्साहजनक भएपनि भारतमा भने यसको प्रदर्शन नै सुरु हुन सकेको छैन । वन्डर वुमेनका कारण यसको रिलिज केही पर धकेलिएको भारतीय संचार माध्यमले जनाएका छन । 

‘वे वाच’ पछि प्रियंकाले जोस वेडनको नयाँ फिल्म ‘ब्याट गर्ल’ मा चासो राखेको बताइएको छ । उनले त्यस फिल्मा काम गर्ने आफनो इच्छा व्यक्त गरिसकेकी छिन । सो फिल्ममा खेल्नका लागि आफनो नाम पनि उनले पठाइसकेको बलिउडमा चर्चा छाएको छ ।

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्