कामु प्रधानन्यायाधीश पराजुलीको उमेर विवादसम्बन्धी मुद्दा खारेज

सहयात्रा टिभी

काठमाडौं । कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेर विवादसम्बन्धी सार्वजनिक सरोकारको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले संवैधानिक परिषद्, संवैधानिक परिषदको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत सात जनालाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले दायर गरेको रिट आज खारेज गरेको हो। भावी प्रधानन्यायाधीश रोलक्रमको पहिलो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस रोक्न माग गर्दै उनले रिट दायर गरेका थिए।

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्