केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपा दिशाहीन हुँदै, सत्तापक्ष भैसक्दा पनि आन्दोलन

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मत हालेर सत्तापक्ष भैसक्दा समेत राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्दोलन जारी राखेको छ । आन्दोलन बिज्ञप्तीमा मात्र सिमित भैसक्दा समेत राजपाले सरकारलाइ घुक्र्यान छोडेको छैन । सत्तापक्ष पनि हुने आन्दोलन पनि गर्ने नीति आफै बोक्सी आफै झाँक्री भन्ने जस्तै भएको छ । आफना माग आफै पूरा गर्न राजपा सरकारमा सहभागी हुने चर्चा चलिरहेकाबेला राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले दुई दिन आन्दोलनका कार्यक्रम थप गरेको छ । सरकारले माग पूरा नगरेको भन्दै गठवन्धनले जेठ २७ गतेसम्मका लागि आन्दोलन थप गरेको छ । यसअघि २५ गतेसम्मका लागि मात्रै आन्दोलनका कार्यक्रम राखिएको थियो ।
विहीबार आन्दोलनका सम्पूर्ण कार्यक्रम सकिएपछि विहीबार नै विज्ञप्ति जारी गरेर गठवन्धनले २७ गतेसम्मका लागि आन्दोलन थप गरेको हो । २७ गतेसम्म प्रत्येक गाउँपालिका तथा नगरपालिका, उपमहानगरिपालिका तथा महानगरपालिकाको प्रत्येक वडा तथा बुथमा आन्दोलन परिचालन समिति गठन गर्ने गठबन्धनको कार्यक्रम रहेको छ ।
बलिउडकी स्टार नायिक प्रियंका हलिउडमा पनि सफल
एजेन्सी । आफनो सुन्दरता र अभिनयले बलिउडमा तहल्का मच्चाइरहेकी भारतीय अभिनेतृ प्रियंका चोपडा हलिउडमा पनि जम्न थालेकी छन । उनलाइ हलिउड यात्रा निकै फापिरहेको छ । क्वान्टीको सिरियल खेल्दै पिपुल्स च्वाइस अवार्ड र दर्शकहरुको वाहीवाही पाएकी प्रियंकाको हलिउड फिल्म ‘वे वाच’ यतिबेला प्रदर्शनमा छ । फिल्म निकै राम्रोसंग चलिरहेको छ । हलिउडमा यसको ब्यापार निकै उत्साहजनक भएपनि भारतमा भने यसको प्रदर्शन नै सुरु हुन सकेको छैन । वन्डर वुमेनका कारण यसको रिलिज केही पर धकेलिएको भारतीय संचार माध्यमले जनाएका छन । ‘वे वाच’ पछि प्रियंकाले जोस वेडनको नयाँ फिल्म ‘ब्याट गर्ल’ मा चासो राखेको बताइएको छ । उनले त्यस फिल्मा काम गर्ने आफनो इच्छा व्यक्त गरिसकेकी छिन । सो फिल्ममा खेल्नका लागि आफनो नाम पनि उनले पठाइसकेको बलिउडमा चर्चा छाएको छ ।

भाषा विवाद चर्किएपछि दार्जिलिङ तनावग्रस्त, तोडफोड र आगजनी
एजेन्सी । दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले नेपाली भाषा समाप्त गर्न खोजेको भन्दै सुरु गरेको आन्दोलन उत्कर्षमा पुगेको छ । हुँदाहुँदा उनीहरुले मुख्यमन्त्री ममता बेनर्जीको क्याबिनेट बैठकमै हस्तक्षेपको प्रयास गरेका छन । राज्य सरकारले बंगाली भाषालाई अनिवार्य गरेको विरोधमा उनीहरु आन्दोलिन भएका हुन । मोर्चा कार्यकर्ताले मुख्यमन्त्री बेनर्जीबिरुद्ध चर्का नाराबाजी गरेपछि सुरक्षाकर्मीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले बेनर्जीको पुतला समेत दहन गरेका छन । त्यसक्रममा केही सवारी साधनमा तोडफोड र आगजनी समेत भएको छ । नेपाली भाषालाइ सिध्याउने षडयन्त्र अन्त्य नभएसम्म आफूहरु पछि नहटने मोर्चाको अडान छ ।
जततउस्ररदष्त.थिरद्दकटह्त्तडव
जर्मनका राजदूत काठमाडौंबाट जर्मनीसम्म मोटरमै फर्किदै
काठमाडौं । यो सुन्दा तपाईलाइ अचम्म लाग्ला कि नेपालका लागि जर्मन राजदूत जहाजमा होइन मोटरबाटै स्वदेश फर्किदैछन । आफ्नो कार्यकाल पूरा गरी उनी जहाजमा नभइ मोटरबाट घर फर्किन लागेका हुन । काठमाडौंबाट जर्मन पुग्न उनले झण्डै ११ हजार किलोमिटर यात्रा गर्नुपर्छ ।
राजदूत माथियस मायर यही जेठ २८ गते ज्ञानेश्वरस्थित दूतावासबाट मित्सुबिसी मोटर हाँकेर महाकाली अञ्चलको महेन्द्रनगरको बाटो हुँदै घर फर्किने तयारीमा छन । जेठ २९ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले उनलाई बिदाइ गर्नेछन । उनी भारत–पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्नेछन् ।
करिब आठ साता लामो यात्रामा उनीसंग एकजना मात्र सहयोगी हुनेछन । केही घण्टामै पुगने हवाई यात्राभन्दा स्थलमार्गबाट घर फर्कन लागेकोमा उनी प्रफुल्ल छन । यो केवल आफूले आफनो आनन्दका लागि मात्र गरेको उनी बताउँछन । आफनो निर्णयबाट आफनो देशको सरकार र नेपाल सरकारमात्र होइन यात्रा गर्ने विभिन्न मुलुकका सरकार पनि आश्चर्यचकित भएको उनले बताए ।
विश्वको भूगोल र प्रकृतिलाई नियाल्दै हिँड्न पाउनु आफनो लागि आनन्दको विषय भएको उनी बताउँछन । नेपालको इतिहासमा आजसम्म कुनै पनि राजदूत सेवाअवधि सकेर स्थलमार्गबाट घर फर्केका छैनन् ।
तीन तहको निर्वाचन सम्पन्न नभएसम्म सत्ता गठवन्धन कायमै ः निधि
काठमाडौं । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले तीनवटै तहको निर्वाचन सम्पन्न नभएसम्म माओवादी केन्द्रसँगको सत्ता गठबन्धन कायमै रहने बताउनु भएको छ । केन्द्रीय सम्पादन समितिको बैठकपछि पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता निधिले संविधान कार्यान्वयन र परिवर्तनलाई संस्थागत गर्न गठबन्धन सफल भैरहेको दावी गर्नुभयो । उहाँले मन्त्री चयनको विषयमा पार्टी भित्र चलेको छलफललाइ विवाद नभनिदिन आग्रह समेत गर्नुभयो ।

असार १४ को चुनावका लागि देशभर उत्साह ः यादव
काठमाडौं । मधेश केन्द्रीत दलहरुको नयाँ पार्टी राजपाको नीतिप्रति असन्तुष्ट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले असार १४ स्थानीय तहको निर्वाचनले देशभर उत्साह छाएको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक अन्तक्रियामा अध्यक्ष यादवले राजपाप्रति लक्षित गर्दै जुनसुकै पार्टीले बहिष्कार गरेपनि स्थानीय चुनाव नरोकिने बताउनुभयो । उहाँले मुसलधारे पानी परेपनि जनता रेनकोट र छाता ओढेर मतदान गर्न तयार रहेको धारणा राख्नुभयो । अध्यक्ष यादवले चुनाव अघि नै संविधान संशोधन पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
दाहाल सरकारले बुढीगण्डकीमा भ्रष्टाचार गरेको बाबुरामको आरोप
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलबिद्युत आयोजना बिना प्रतिस्पर्धा चीनलाइ दिएर दाहाल सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ । काठमाडौमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई आयोजना दिनुमा भ्रष्टाचार र कमिसनको खेल भएको दावी गर्नुभयो । बुढीगण्डकी जलबिद्युत आयोजना निजी कम्पनीलाई बुझाएर सरकारी पदाधिकारीहरुले मोटो रकम कमिसन लिएको उहाँले बताउनुभयो ।
सरकारले गत जेठ ९ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा गेजुवालाई दिएको थियो ।

बेलायतमा संसदीय निर्वाचन, ६५० सांसद चुनिदै
बिबिसि । ब्रिटेनको आमचुनावका निम्ति बिहीबार मतदान भएको छ । देशभरका ४० हजार मतदान केन्द्रमा बिहानैदेखि मतदानका लागि सर्वसाधारण लाइन लागेका थिए । ६५० सांसद चुन्न चार करोड ६९ लाख मतदाताको नाम मतदाता सूचीमा छ । मतदान सकिए लगत्तै गणना हुने भएकाले मध्यरातबाटै मतपरिणाम आउने छ । अन्तिम परिणाम भने शुक्रबार दिउँसोसम्म आउनेछ । प्रधानमन्त्री टरिजा मे ले समय अगावै उक्त आमचुनावको घोषणा गरेकी थिइन । यो चुनाव गएको तीन वर्ष यता भएको तेस्रो राष्ट्रिय निर्वाचन हो ।

बेपत्ता बर्मेली सैन्य जहाज अन्दामान समुद्रमा दुर्घटनाग्रस्त, १२२ यात्रुको निधन, शव भेटिदै
बिबिसि । म्यानमारको बेपत्ता सैन्य बिमान अन्दामान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बिमानको भग्नावशेष र केही शवहरु समुद्रमा भेटिएका छन । बिमानमा सवार १४ चालक दलका सदस्यसहित १ सय २२ जनाको निधन भएको लगभग निश्चित भएको छ । मेईकबाट रंगुनतर्फ जादै गर्दा बिमान हराएको थियो । बिमानको मुख्य भाग अझै फेला नपरेको बीबीसीले जनाएको छ । बिमान दुर्घटनाको कारण खुलेको छैन ।

स्थानीय तह निर्वाचनको पहिलो संशोधन बिधेयक पारित, राजपालाइ सहज
काठमाडौं । व्यवस्थापिका संसदको बैठकले स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको छ । बिहीबार बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो । विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितका दलहरुलाई निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ । संसद्को अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।
कांग्रेसमा उम्मेदवार छान्न सकस, बैठकमा चर्काचर्की
काठमाडौं । नेपाली कांग्रेसमा दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न सकस भएको छ । उम्मेदवारको टुंगो लगाउन पार्टी कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकमा नेताहरुबीच उम्मेदवार छनौटको विषयलाइ लिएर चर्काचर्की भएपछि बैठक नै प्रभावित हुन पुग्यो । पहिलो चरणको बैठक बिना निष्कर्ष सकियो । बैठकमा मन्त्रिमण्डलमा सहभागि हुने नामको पनि टुङगो लगाउने अवस्था आएपछि समस्या भएको हो । बैठकमा नेताहरुले उम्मेदवार र मन्त्री हुनेमा आ– आफ्ना मान्छे हुनैपर्ने अडान राखेपछि समस्या भएको हो । निर्वाचन हुन बाँकी महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवारको टुङगो लगाउन प्रधानमन्त्री तथा सभापति शेरवहादुर देउवाले बैठक बोलाउनु भएको हो ।

तीनवटै निर्वाचन चुनौतीपूर्ण ः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ सात गतेभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउनु भएको छ । नेपाल विद्यार्थी संघले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा गरेको ‘स्थानीय तह निर्वाचन परिचालनसम्बन्धि अभिमूखिकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन एकतावद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले प्रजातन्त्रको सुदृढीकरणमा अब एकबद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी गराउन युवा÷विद्यार्थीहरुको मुख्य भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गर्नुभयो ।

नक्कली नोट छापेर बैंकबाट सक्कली नोट लिने व्यक्ति पक्राउ
काठमाडौं । प्रहरीले रूपन्देहीको बुटवलबाट नक्कली नोट छाप्ने एक युवकलाइ पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ । अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामको गैरसरकारी संस्थाको कार्यालयबाट रुपन्देही जिल्ला कञ्चल गाउँपालिका ६ का २१ वर्षीय सन्तोष मल्लले नक्कली नोट तयार गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामानसमेत बरामद गरेको छ । अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने गरेका थिए । उनले पहिलोपटक बैंकमा जम्मा गर्न लगेको पैसामा एक थान रु एक हजारको नोट समावेश गरेर साटेको र दोस्रोपटक रु एक हजारको १०० थान भित्र १४ थान नक्कली नोट राखेर साट्न सफल भएका थिए ।
पछिल्लोपटक मङ्गलबार बैंकले रु एक हजार दरको ७० थान नक्कली नोट फेला परेको भन्ने प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा उनी पक्राउ परेका हुन ।

कालिगण्डकीमा युवक बेपत्ता भएपछि बागलुङ बन्द
बागलुङ । लागूऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् । मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन नभेटिएछि उनका परिवार र आफन्तजन आन्दोलित बनेका हुन् । पुन भागेर नदी तर्नेक्रममा कालिगण्डकीमा हाम फालेर बेपत्ता भएको बताइएको छ । ट्याक्सीमा रहेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामालाई भने नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्