केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीलंकासंग भारत स्तब्ध

सहयात्रा टिभी

एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकाले भारतलाइ ७ विकेटले पराजित गरेको छ । श्रीलंकाको जितसंगै समुह बीबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो अन्तिम खेलबाट मात्र लाग्ने भएको छ । २ खेलको समाप्तीमा सबै टोलीले एक जित र एक हार ब्योहोरेका छन् । भारतले प्रस्तुत गरेको ३ सय २२ रनको उच्च चुनौती श्रीलंकाले ८ बल अगाबै ३ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकातर्फबाट कुशल मेण्डिसले ८९, दनुष्का गुणतिलकाले ७६ र कुशल परेराले ४७ रनको योगदान गरे । एन्जेलो म्याथुज ५२ र एस्ला गुणरत्ने ३४ रनमा अविजित रहे । यसअघि लण्डनस्थित किनिङटोन ओभल स्टेडियममा श्रीलंकाले टस जितेर ईण्डियालाई ब्याटिङको निम्तो दिएको थियो । भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो । शिखर धवनले १ सय २५ रन बनाएको ईनिङसमा रोहित शर्माले ७८ र महेन्द्रसिंह धोनीले ६३ रन बनाएका थिए । यो समुहबाट ईण्डिया र साउथ अफ्रिका तथा श्रीलंका र पाकिस्तानबीच खेल हुन बाँकी छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्